सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स र अरु थप प्रि–बुकिङ अफरहरू पाइने

स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स र अरु थप प्रि–बुकिङ अफरहरू पाइने
बुधबार, ०२ साउन २०८१, १४ : ००
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । "द एआई पोर्ट्रेट मास्टर" ट्यागलाइनको साथमा होनोर २०० सिरिज प्रि-बुकिङ अफर सहित नेपालमा भित्रिएको छ। 

नेपालका लागि होनोरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबार प्रि-बुकिङको घोषणा गरेको छ । प्रि-बुकिङ जुलाई २३ सम्म जारी रहने छ भने फोन प्रि-बुक गर्ने ग्राहकहरूले आकर्षक उपहार र अफरहरू पाउनेछन्। 

स्टुडियो लेभल एआई पोर्ट्रेट क्यामेराबाहेक, यसमा अन्य स्पेसिफिकेशनहरू छन् जुन यसको अघिल्लो संस्करणदेखि अपग्रेड गरिएको छ। नेपाली बजारमा HONOR 200 Pro का लागि (१२+५१२) जीबी भेरियन्ट तथा HONOR 200 को लागि (१२+२५६)जीबी र (१२+५१२)जीबी गरि दुई भेरियन्टहरू नेपाली बजारमा प्रस्तुत गरिएका छन्।

HONOR 200 सिरिजले पेरिसको सबैभन्दा महँगो र कालातीत स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ, जसमा एउटा फोटोसुटको लागि २००० यूरो लागत पर्ने गर्दछ। यस सहकार्यबाट, HONOR ले तीनवटा हार्कोर्ट पोर्ट्रेट मोडको साथमा उत्कृष्ट एआई पोर्ट्रेट प्रदान गर्न सक्षम हुने कम्पनीको भनाइ छ ।

HONOR 200 सिरिजमा 50MP पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने जुन उन्नत हार्डवेयर र AI-संचालित सफ्टवेयरले सुसज्जित छ ।  जसले कुनै पनि प्रकाश अवस्थाहरूमा आश्चर्यजनक छविहरू खिच्ने कम्पनीको भनाइ छ। सुपर डायनामिक H9000 सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्ने कम्पनीको भनाइ छ। 

HONOR 200 र 200 Pro, ५२०० mAh सिलिकन-कार्बन ब्याट्रीले भरिएको छ ।  जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम हुने कम्पनीको भनाइ छ । 

HONOR 200 Pro ओशन सायन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध हुनेछ भने HONOR 200 मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ। सेलट्रोन नेपालले   HONOR 200 (१२+२५६) जीबी भेरियन्टको लागि मूल्य रु.  ६४,९९९/- तोकेको छ भने (१२+५१२) जीबी  भेरियन्टको मूल्य  रु  ६७,९९९/- निर्धारण गरेको छ।  HONOR 200 प्रि-बुकिङ गर्ने ग्राहकले रु. १३,९९९/- मूल्य को HONOR Choice Watch मात्र रु. १,९९९ /- मा प्राप्त गर्न सक्नेछन् र  स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन। 

HONOR 200 Pro (१२+५१२) जीबी भेरियन्टको लागि, ग्राहकहरूले रु. ८४,९९९/- मूल्य तिर्नु पर्नेछ भने प्रि-बुकिङ अवधि भित्र खरिद गर्ने ग्राहकहरु ले रु. १३,९९९/- मूल्य को HONOR Choice Watch, रु ५,४९९/- मूल्यको HONOR Choice Earbuds X5 सहित स्क्रिन ब्रेकेज बीमा र VIP कार्ड पनि प्राप्त गर्नेछन्। 

ग्राहकहरूले HONOR 200 लाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रि-अर्डर गर्न सक्छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप