चोटग्रस्त मेस्सीले मियामीका दुई खेल गुमाउने
बुधबार, ०२ साउन २०८१, १३ : ४१

फ्लोरिडा । कोपा अमेरिकाको फाइनल खेलमा चोटग्रस्त बनेका लियोनेल मेस्सीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् । आठ पटकको बालोन डी ओर विजेता खेलाडीलाई कोपा अमेरिका २०२४ को फाइनल खेलमा गम्भीर रूपमा चोट लागेको थियो । फ्लोरिडाको हार्डरक स्टेडियममा भएको खेलमा मैदानमा ढलेका उनले रुँदै मैदान छाड्नुपरेको थियो ।
यसका बाबजुद अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । खेलका दौरान मेस्सीको खुट्टा सुन्निएको तस्बिर र भिडियोमा देखिएको थियो । मेस्सीले चाँडै मैदानमा फर्किने बताए पनि यसको मिति भने तय गरिएको छैन । उनले जुलाई १९ र जुलाई २० मा हुने मियामीका दुई खेल र जुलाई २४ मा हुने एमएलएस अल स्टार खेल गुमाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना