बंगलादेश प्रदर्शन
ढाकामा कोटाविरोधी प्रदर्शन : नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह
बुधबार, ०२ साउन २०८१, १३ : २१

काठमाडौँ । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ ।
दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको हो । प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । त्यसमा ३ जना विद्यार्थीहरू छन् ।
सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन सुरु भएको हो । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिग बिच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी