सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एन्जो फर्नान्डेजको ‘नस्लवादी’ भिडियोबारे चेल्सीद्वारा अनुसन्धान सुरु

बुधबार, ०२ साउन २०८१, १२ : २५
बुधबार, ०२ साउन २०८१

लण्डन । चेल्सीले मिडफिल्डर एन्जो फर्नान्डेजले मिडिया पोस्टमा पोस्ट गरेको विवादित भिडियोबारे अनुसन्धान सुरु गरेको छ । फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले उक्त भिडियोमा कथित रूपमा ‘ नस्लवादी र भेदभावपूर्ण’ नारा समावेश गरेको आरोप लगाएको छ।

चेल्सीले घटनाको अनुसन्धान गरिरहेको र यसलाई गम्भीरतापूर्वक लिएको बताइएको छ । मंगलबार एफएफएफले फ्रान्सका खेलाडीहरूको बारेमा अर्जेन्टिनाको टोलीले गाएको गीतको भिडियोलाई लिएर विश्व फुटबलको नियामक निकाय फिफामा उजुरी गर्ने बताएको थियो । 

फर्नान्डेजको चेल्सीका समकक्षी वेस्ले फोफाना इन्स्टाग्राममा भिडियोको एक तस्बिर पोस्ट गर्दै यसलाई ‘निस्संकोच नस्लवाद’ को रूपमा वर्णन गरे। आइतबार भएको फाइनलमा कोलम्बियालाई १–० ले हराएर अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो ।  जीतपछि फर्नान्डेजले सामाजिक सञ्जालमा पोस्ट गरेको लाइभ भिडियोको बारेमा एफएफएफले अर्जेन्टिना फुटबल संघ (एएफए) सँग पनि सम्पर्क गर्नेछ।

एफएफएफले विज्ञप्तिमा भनेको छ, ‘फ्रान्सेली टोलीका खेलाडीहरूविरुद्ध गरिएको अस्वीकार्य र भेदभावपूर्ण टिप्पणीको कडा शब्दमा निन्दा गर्दछ । खेल र मानव अधिकारको मूल्यमान्यता विपरीत यी टिप्पणीहरूको गम्भीरताको सामना गर्दै, एफएफएका अध्यक्षले प्रत्यक्ष रूपमा आफ्नो अर्जेन्टिनी समकक्षी र फिफालाई अपिल गर्ने र उजुरी दर्ता गर्ने निर्णय गरिएको छ।’

सन् २०१८ को विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई हराएको थियो । त्यसपछि अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि चुमेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप