डिसेम्बरसम्ममा बलिउडमा रिलिज हुँदै छन् १० सिक्वेल
![डिसेम्बरसम्ममा बलिउडमा रिलिज हुँदै छन् १० सिक्वेल](https://npcdn.ratopati.com/media/news/singuam-again_VHVtsVBi8U.jpg)
नयाँ दिल्ली । यो वर्षको बाँकी अवधिमा बलिउड सिक्वेलको दबदबा देखिँदैछ । आगामी ६ महिनाभित्र रोहित शेट्टीको सिंघम अगेनदेखि कार्तिक आर्यनको भूल भुलैया ३ सम्म झन्डै १० वटा सिक्वेल फिल्म रिलिज हुने तयारीमा छन् ।
यी सिक्वेलहरूमा करीब ७०० करोड भारु दाउमा छन् । कुनै पनि फिल्मको सिक्वेलले बक्स अफिसमा राम्रो ओपनिङमा मद्दत गर्ने ट्रेड एनालिस्ट अतुल मोहन भन्छन् । तर यो रणनीतिले ब्याकफायर पनि गर्न सक्ने निर्माता गिरीश जोहर भन्छन् ।
आशा गर्न सकिने पुष्पा २, सिंघम अगेन, भुल भुलैया ३
यो वर्षको पहिलो ६ महिना बितिसकेको छ । यस अवधिमा बलिउडका कयौँ फिल्म ठुला पर्दामा रिलिज भए । केही फिल्मले बक्स अफिसमा आफ्नो बजेट पनि उठाउन सकेनन् । सिक्वेलको लिस्टमा परेका केही फिल्मले राम्रो व्यापार गर्न सक्नेमा ट्रेड एनालिस्ट जोगिन्दर टुटेजा आशावादी छन् ।
गएको ६ महिना बलिउडका लागि खासै राम्रो भएन । केही राम्रा कथा हेर्न पाइए पनि तीमध्ये धेरैले बक्स अफिसमा राम्रो कमाउन सकेन । डिसेम्बरभित्रमा पुष्पा २, सिंघम अगेन, भूल भुलैया ३ जस्ता फिल्मबाट धेरै आशा गरिएको छ ।
यी चलचित्रका प्रिक्वेललाई दर्शकले निकै मन पराएका थिए । कम बजेटमा पनि यी फिल्मले राम्रो कमाएका थिए । सिक्वेलले ३००-४०० करोड भारु कमायो भने यी फिल्म ब्लकबस्टर घोषित हुनेछन् । बक्स अफिस रिपोर्ट कार्डको ग्राफमा पनि सुधार देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु
-
देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
-
यी दुई रानी : जसको सक्रियतामा खुल्यो त्रिभुवन विश्वविद्यालय
-
१० दिनदेखि बेपत्ता बालकको शव फेला
-
वरिष्ठ पत्रकार दाहाल सम्मानित