कम्पनी दर्ता गर्दा फेरि लाग्ने भयो शुल्क
बुधबार, ०२ साउन २०८१, १० : ४२
काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनी दर्ता गर्दा फेरि शुल्क लाग्ने भएको छ । आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन गर्न भनेर दिइएको छूट सुविधाले चालू आर्थिक वर्षमा निरन्तरता नपाएपछि साविककै शुल्क तिरेर कम्पनी दर्ता गर्नुपर्ने भएको हो ।
गत आव २०८०–८१ को बजेट वक्तव्यमा आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी दर्ता गर्दा शुल्क तिर्न नपर्ने घोषणा गरिएको थियो । सोहीअनुरूप २०८० असोज ८ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले निःशुल्क कम्पनी दर्ताको बाटो खोलेको थियो ।
तर चालू आव २०८१–८२ मा भने सरकारले उक्त व्यवस्थालाई निरन्तरता दिएन । फलस्वरूप नयाँ कम्पनी दर्ता र पूँजी थप्दा साउन १ गतेदेखि नै साविककै शुल्क तिर्नुपर्ने भएकाे कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक