काठमाडौँ महानगर र मजदुरहरूबिच कार्यदलले तयार गरेको मापदण्ड कार्यान्वयन गर्ने सहमति
काठमाडौँ । काठमाडौँ महानगरपालिका यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर सङ्गठनहरूबिच काठमाडौँ चक्रपथ आसपासका टिकट काउन्टरहरू व्यवस्थापन गर्नेबारे सहमति भएपछि विभिन्न स्थानमा देखिएको झडपको सम्भावना तत्काललाई टरेको छ ।
साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलंकी, गौशाला लगायतका चोकहरुमा माइकिङ्ग गरेर महानगर प्रहरीहरू काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरूबिच द्वन्द्वको अवस्था आएको थियो ।
झडपको अवस्था सृजना भएपछि तत्काल टिकट काउन्टर नहटाउन भन्दै सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
मंगलबार बिहान गौशाला र कोटेश्वरमा महानगर प्रहरी र मजदुरहरूबिच विवाद भएको थियो । विवाद चर्किएर आन्दोलन हुने अवस्था आएपछि मंगलबार अपराह्न महानगरले छलफलमा बोलाएको थियो ।
महानगरसँगको छलफलमा काठमाडौँ महानगरको नेतृत्वमा सङ्गठनहरू सम्मिलित कार्यदलले गत वर्ष तयार गरेको मापदण्ड मध्ये टिकट काउन्टर कोठाको आकारलाई व्यवहारिक कायम गर्दै उक्त मापदण्डलाई नै प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ ।
साउन २० गतेसम्म मापदण्ड अनुसार चक्रपथ आसपासका सबै बुकिङ्ग कार्यालय व्यवस्थित गरिसक्ने, साउन १० गतेदेखि बुकिङ्ग कार्यालयहरूको अनुगमन र मापदण्डबारे सचेत गराउनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको संयोजकत्वमा हासंघका अध्यक्ष र तीनवटै संगठनका अध्यक्षहरू रहेको उच्च स्तरीय कार्यदल गठन भएको छ । त्यस्तै सहमतिमा मापदण्डलाई सबै पक्षले इमानदार कार्यान्वयन गर्न प्रतिबद्ध जनाउने र मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई साउन २१ गतेदेखि नियमानुसार गर्ने सहमति भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको समन्वयमा भएको छलफलमा काठमाडौँ महानगरका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
महानगरले सरोकारवालासँग समन्वय नगरी असार २७ गते मिडियाबाजी गर्दै माइकिङ्ग गरी काउन्टरहरू हटाउन भनेपछि सङ्गठनहरू रुष्ट बनेका थिए । संगठनहरुले जबरजस्ती गरिए तीनवटै ट्रेड युनियनहरूको अगुवाइमा आन्दोलन हुने चेतावनी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको