पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव गोताखोर भेट्टायो
मङ्गलबार, ०१ साउन २०८१, २१ : १५

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो फेला पारेको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।
उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र कुनै गुट–उपगुट छैन, सबै रवि गुट मात्र : अर्याल
-
मेरो गोरखपुरको यात्रा
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु