ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
असार ७ मा गोदावरी नगरपालिका–९ छेडामा मनोज कुमार बानियाँमाथि मोटरसाइकलमा आएकाहरूले खुकुरी प्रहार गरेका थिए । पक्राउ पर्नेमा धनकुटा घर भएका दीपक बान्तवा, विभाग गुरुङ उर्फ धराने, आयुष्मान अधिकारी, राजेश केसी, सुरेन्द्र महर्जन र अलिङ्क लामिछाने छन् ।
खुकुरी प्रहार गर्नकै लागि दीपक गुरुङ धनकुटाबाट काठमाडौँमा आएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनी लागुऔषध मुद्दामा सुनसरीमा दुई वर्ष बसेर छुटेको अपराध रेकर्ड भेटिएको छ । एसपी सुवेदीले भने,‘योजनाबद्ध रूपमा खुकुरी प्रहार गरेको देखिन्छ ।’
पक्राउ परेका अर्का आरोपी सुरेन्द्र महर्जन प्रहरीको हत्या गरेको कसुरमा १० वर्ष जेल बसेर निस्केका हुन् । विभाग गुरुङ कक्षा १२ को मार्कसिट नक्कली बनाएको मुद्दामा फरार थिए ।
खुकुरी प्रहारबाट घाइते भएका बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । घटनामा संलग्न ३ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र