समाजवादी मोर्चा
कांग्रेस–एमालेको सरकारबारे समाजवादी मोर्चाको यस्तो निष्कर्ष
मङ्गलबार, ०१ साउन २०८१, १९ : ४६

काठमाडौँ । समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो ।
‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ । यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ । यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ ।’