नदीमा बेपत्ता बालकको शव फेला

रौतहट । रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ । सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए ।
गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।
पानीमा डुबेका अन्य दुई बालकहरू १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुसल उद्धार गरिएको हुमागाईंले बताए । पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।
बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
-
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
-
तोकिएको समयमा टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
-
सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु
-
पत्रकारलाई थुन्ने कानुन अस्वीकार्य : युनियन अध्यक्ष लम्साल