बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

७८ हजार मेट्रिक टन मल मौज्दात

मङ्गलबार, ०१ साउन २०८१, १८ : ०४
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । ७८ हजार मेट्रिक टन मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरण अनुसार ७८ हजार ४२९ मेट्रिक टन मल मौज्दात रहेको हो । 

सोमध्ये युरिया ३७ हजार ८१० मेट्रिक टन, डीएपी ३१ हजार ९१७ मेट्रिक टन र पोटास ८ हजार ७०१ मेट्रिक टन मल रहेको छ । 

सरकारसँग मौज्दात रहेको मलमध्ये कृषि सामाग्री कम्पनीसँग ४७ हजार ६६७ र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३० हजार ७६१ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

देशभर १३ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफल अर्थात ६८ प्रतिशत रोपाई भइसकेको छ ।  किसानले हालसम्म मलकाे अभाव झेल्नु परेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप