शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
सेयर बजार

विष्णु पौडेल अर्थमन्त्री बनेको भोलिपल्ट नेप्से ७०.१८ अंकले बढ्यो

मङ्गलबार, ०१ साउन २०८१, १५ : १०
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७०.१८ अंकले बढेको छ।  अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो । 

यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । 

सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, यही दिन तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ । 

यस दिन म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् । अर्थमन्त्री पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७.१८ अङ्कले घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप