फेरि पछाडि सर्यो मिना कुमारीको बायोपिकको छायांकन
नयाँ दिल्ली । भारतका सेलिब्रिटी डिजाइनर मनिष मल्होत्राले बलिउडकी चर्चित अभिनेत्री स्वर्गिय मीना कुमारीको बायोपिकको निर्देशन गर्दैछन् । अभिनेत्री कृति सेननको शीर्ष भूमिका रहने यो फिल्म मनिषको डेब्यू फिल्म हुनेवाला छ । गएको वर्ष नै मनिषले यो बायोपिकको निर्देशन थाल्ने हल्ला चलेको थियो ।
तर यसको छायांकन पुनः पछाडि सरेको छ । यस वर्ष फिल्म फ्लोरमा जाने आशा गरिएको थियो । तर फिल्मको स्क्रिप्टमा अझै काम नसकिएकोले यस वर्ष पनि छायाङ्कन सुरु नहुने भएको छ । रिपोर्ट्सका अनुसार सन् २०२५ को उत्तरार्द्धमा मात्रै फिल्मको छायांकन सुरु हुने देखिएको छ ।
किन भइरहेछ ढिलाइ ?
आफ्नो सोचलाई ठ्याक्कै पर्दामा उतार्न मनिषले फिल्मको स्क्रिप्टको पुनः समीक्षा थालेकोले फिल्म फ्लोरमा आउन समय लागेको बताइएको छ । रिपोर्टस्का अनुसार फिल्मको छायांकन सुरु हुनुअघि स्क्रिप्ट विश्लेषकहरूले स्क्रिप्टको समीक्षा गर्नेछन् । ऐतिहासिक ड्रामा भएकोले फिल्मको प्रि–प्रडक्शनलाई बढी नै समय चाहिन्छ । छायांङ्कनमा थप ढिलाइ हुने भएपछि यसका लागि बढी समय मिल्नेछ । मिना कुमारी बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । उनले मुगले आजम जस्ता बहुचर्चित फिल्ममा लगाएका पोशाकहरू बनाउन निकै समय लाग्छ । यी सबै काम सकियो भने चाँहि सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा फिल्म फ्लोरमा जान सक्नेछ ।
कृति सेननको पहिलो बायोपिक
एक दशकको अभिनय करियरमा कृति सेननले अहिलेसम्म एउटै बायोपिक गरेकी छैनन् । यो कृतिको पहिलो बायोपिक हुनेछ । फिल्मको टाइटल अहिलेसम्म तय भइसकेको छैन । यसमा उनले मीना कुमारीको जीवनलाई पर्दामा उतार्नेछिन् । कृति यतिबेला मिस्ट्री थ्रिलर फिल्म ‘दो पट्टी’मा व्यस्त छन् । यस फिल्ममा कृतिले अभिनेत्री काजोलसँग स्क्रिन सेयर गर्नेछिन् । यो फिल्म नेटफ्लिक्समा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !
-
सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’