पीटीआईलाई प्रतिबन्ध लगाउने पाकिस्तानी निर्णयमाथि अमेरिकाले दियो यस्तो प्रतिक्रिया

वाशिङ्टन डीसी । पाकिस्तानका पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई)माथि प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको निर्णयप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । यस्तो कारबाहीले राजनीतिक बदलाको सुरुआत गर्न सक्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बताए ।
‘पाकिस्तान सरकारको यो निर्णयमाथि अमेरिकाले नजर राखिरहेको छ । यस्तो खालको फैसलाले राजनीतिक प्रतिशोध निम्त्याउन सक्छ,’ पत्रकार सम्मेलनमा पीटीआईमाथि प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको निर्णयबारे सोधिएको प्रश्नको जवाफमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने । पाकिस्तानका आन्तरिक घटनाक्रम र त्यहाँको सरकारको निर्णयलाई अमेरिकाले नजिकबाट नियाल्ने पनि उनले बताए ।
यस्ता खालको फैसला मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, संविधान र राजनीतिक सिद्धान्त विपरीत हुने भएकाले राजनीतिक दलमाथिको प्रतिबन्ध चिन्ताको विषय भएको उनले बताए । अमेरिकाले न्यायलाई बढवा दिने कार्यहरूलाई समर्थन गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान