बारामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते (विवरणसहित)
मङ्गलबार, ०१ साउन २०८१, १४ : ०९
बारा । बारामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२३ भलुहीमा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
बसमा सवार २२ जना यात्रुहरूमध्ये ३ जनाको गम्भीर, ७ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको र बस चालक सागर न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विवरण
- जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.७ बस्ने अ.वर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।(अवस्था गम्भीर)
- हाल नाम थर वतन नखुलेको अ.वर्ष २४ को पुरूष व्यक्तिको अनुहारमा चोट ।(अवस्था गम्भीर)
- जिल्ला बारा, कलैया उ.म.न.पा.वडा नं. १८ मोतिसर बस्ने अ.वर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट ।(अवस्था गम्भीर)
- जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने अ.वर्ष ५५ को तिलक भट्टराईको अनुहार र छातीमा चोट । (अवस्था मध्यम)
- जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.वर्ष ३५ को सागर गोलेको अनुहारमा चोट । (अवस्था मध्यम)
- ऐ.ऐ.०४ बस्ने अ.वर्ष ३० को अमिर थापाको कानमा चोट ।(अवस्था मध्यम)
- जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ५ बस्ने अ.वर्ष ५० को दीपेन्द्र कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट।(अवस्था मध्यम)
- ऐ.ऐ.१५ बस्ने अ.वर्ष ४२ को विक्रम राना मगरको हात र गालामा चोट ।(अवस्था मध्यम)
- जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ.वर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट ।(अवस्था मध्यम)
- देश भारत, रक्सौल बस्ने अ.वर्ष १८ को साहिद अन्सारीको निधारमा चोट ।(अवस्था मध्यम)
- जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.३ बस्ने अ.वर्ष ३३ की जानुका ढुङ्गानाको हातमा चोट ।(अवस्था सामान्य)
- .जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. ०९ बस्ने अ.वर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।(अवस्था सामान्य)
- जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ६ माई स्थान बस्ने अ.वर्ष १८ को स्वयव अन्सारीको कन्चटमा चोट ।(अवस्था सामान्य)
- जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.वर्ष २५ को सुमन लामा को कानमा चोट ।(अवस्था सामान्य)
- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ८ बस्ने अ.वर्ष ३९ की सरस्वती काफले अनुहार चोट ।(अवस्था सामान्य)
- बस सह-चालक जिल्ला पर्सा ठोरी गा.पा.२ चन्द्र बहादुरको छोरा अ.वर्ष २१ रुपेश तामाङको सामान्य चोट ।
- बसको कन्टेकटर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने सुम बमजमको छोरा अ.वर्ष २८ को राकेन्द्र बमजमको हातमा चोट अवस्था सामान्य ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ४७ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा