अमेरिकाबाट बाहिरिँदै रुसी साइबर सुरक्षा कम्पनी

वासिङ्टन डिसी । रुसी साइबर सुरक्षा कम्पनी कास्परस्काई ल्याबले अमेरिका छाड्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अमेरिकामा कम्पनीको सफ्टवेयरको बिक्रि वितरणमा पूरै प्रतिबन्ध लगाएपछि कम्पनीले यस्तो कदम चालेको हो ।
अमेरिकामा आफ्नो व्यापार व्यवहारिक नहुने देखेपछि यो दुःखद र कठिन निर्णय गरिएको कम्पनीले भनेको छ ।
कम्पनीमा रुसको प्रभाव रहेको र यसले अमेरिकी पूर्वाधार र सेवामा निकै ठुलो जोखिम उत्पन्न गराएको गएको महिना अमेरिकी वाणिज्य सचिव जिना राइमोन्डोले भनेकी थिइन् । कास्परस्काईले गएको २ दशकदेखि अमेरिकामा आफ्नो व्यापार सञ्चालन गर्दै आएको थियो । आफूमाथि लागेका यी आरोपहरूको कम्पनीले खण्डन पनि गरेको थियो ।
तर अमेरिकाले उसको कुरा सुन्दै सुनेन । यही जुलाई २० देखि कम्पनीले अमेरिकी व्यवसाय सञ्चालन क्रमशः बन्द गर्दै जाने र पूरै बन्दै गर्ने भएको छ । कम्पनीको अमेरिकी वेबसाइटले एन्टिभाइरस र साइबर सुरक्षा टुलहरू बेच्न बन्दै गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य