गुजरातमा चन्दिपुरा भाइरसका कारण ६ बालबालिकाको मृत्यु भएको आशङ्का
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा चन्दिपुरा नाम गरेको भाइरसका कारण ६ जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । यो सङ्ख्या जुलाई १० यताको हो ।
योसँगै राज्यमा सो भाइरसको सङ्क्रमणका कारण मर्नेको सङ्ख्या १२ पुग्ने गुजरातका स्वास्थ्य मन्त्री रुशिकेश पटेलले भने । ‘१२ जना बिरामीको नमुना पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी)मा पुष्टिका लागि पठाइएको छ,’ पटेलले भने ।
चन्दिपुरा भाइरसको सङ्क्रमण भएपछि बिरामीलाई फ्लुको सङ्क्रमणमा देखिने जस्तै लक्षणहरू देखापर्छ । बिरामीलाई ज्वरो आउँछ । कसै कसैको मस्तिष्क सुन्निन्छ । वर्षात्को समयमा लामखुट्टे, किर्ना र भुसुनाको टोकाइबाट यो भाइरस सर्छ । मृत्यु भएका बालबालिकामा चन्दिपुरा भाइरसको सङ्क्रमण थियो कि थिएन भन्ने पुष्टि चाहिँ रिपोर्ट आएपछि थाहा हुने बताइएको छ ।
यो भाइरस सन् १९६५ मा महाराष्ट्रको चन्दिपुरा गाउँमा भेटिएको थियो । त्यसैले यसको नाम चन्दिपुरा राखिएको हो । गुजरातको सीमावर्ती राज्यमा भाइरसको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार