शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बन्ने भयो सोल्जरको सिक्वेल, २०२५ बाट सुरु हुनेछ सुटिङ

मङ्गलबार, ०१ साउन २०८१, १३ : ३६
मङ्गलबार, ०१ साउन २०८१

नयाँ दिल्ली । सन् १९९८ मा २ वटा फिल्म सर्वाधिक चर्चामा आए । यी फिल्म थिए शाहरुख खानको ‘कुछ कुछ होता है’ र बबी देओलको ‘सोल्जर’ । 

बलिउड अभिनेत्री प्रिती जिन्टाले सोही सोल्जरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । यो एक्सन थ्रिलर सो वर्ष बक्स अफिसमा दोस्रो सर्वाधिक कमाउने फिल्म बन्यो । फिल्ममा बबी देओल र प्रीति जिन्टाको जोडीलाई दर्शकहरूले निकै माया दिए ।

केही समययता यो फिल्मको सिक्वेलको चर्चा चलिरहेको थियो । रमेश तौरानीले निर्माण रहेको उक्त फिल्मको सिक्वेल आउन लागेको छ । बबी देओलले केही समयअघि सोल्जरको सिक्वेल आउने संकेत दिएका थिए । हालै फिल्मका निर्माता रमेश तौरानीले यसको सिक्वेल छिट्टै आउने बताएका छन् । ‘हामी पक्कै पनि सोल्जरको सिक्वेल बनाउँनेछौँ। सन् २०२५ बाट फिल्मको छायाङ्कन सुरु गरिनेछ,’ तौरानीले भने । 

यतिबेला दर्शकको मनमा सोल्जरको सिक्वेलमा बबी देओल र प्रिति जिन्टालाई देख्न पाइएला कि नपाइएला उत्सुकता छ । तर अहिलेसम्म फिल्मका कलाकारहरू निश्चित भइसकेका छैनन् । ‘कथाले कस्तो आकार लिन्छ त्यसकै आधारमा कलाकारहरू लिइनेछ । सोही आधारमा बबी र प्रीति यसको हिस्सा हुन्छन् कि हुँदैनन् भन्ने निर्णय गरिनेछ,’ न्यूज १८ सँगको कुराकानीमा तौरानीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप