‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन
मङ्गलबार, ०१ साउन २०८१, ११ : १२

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका छन् ।
नवनियुक्त अधिकारीले पदभार ग्रहण गरेसँगै ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका हुन् ।
सो समितिका अध्यक्ष मन्त्रालयका कृषि सचिव डा. दीपक कुमार खराल , उप अध्यक्षमा मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा.राजेन्द्र प्रसाद मिश्र छन् ।
कृषि मन्त्रालय अन्तर्गतको कृषि विभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरूलाई समेत सो समितिमा राखिएको छ ।
सरकारले आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने गरी ‘कृषि लगानी दशक’ घोषण गरेको छ । सोको कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्री अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेताहरूको इच्छाशक्ति अभावका कारण मेडिकल कलेज सञ्चालन हुन सकेन’
-
यहीँ पढ्न पाउँछु कि भन्दाभन्दै अन्तै पढेर डाक्टर भइसकेँ तर अस्पतालको प्रगति भएन
-
मुन्धुम संरक्षणको आवश्यकता
-
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
-
चैतेधान रोप्दै किसान
-
नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता