जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन आह्वान
मङ्गलबार, ०१ साउन २०८१, ०९ : ५२

काठमाडौँ । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । महानिर्देशक स्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आह्वान गरिएको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सकिने विभागले जनाएको छ ।
नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो ।
यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज विश्वविद्यालयले अङ्ग्रेजी परीक्षालाई कसरी मर्यादित बनाउँछ भन्नेबारे विशेष प्रस्तुति
-
भोलि उपभोक्ता अदालत उद्घाटन हुँदै
-
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकविरुद्ध काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
इस्कोन नेपालमा मनाइयो पुष्प होली, १३ तस्बिरमा हेर्नुहोस्
-
कलङ्कीमा युवकलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ
-
प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त