आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

जम्मू-कश्मीरमा मुठभेड : क्याप्टेनसहित ५ सुरक्षाकर्मीको मृत्यु

मङ्गलबार, ०१ साउन २०८१, ०९ : ३५
मङ्गलबार, ०१ साउन २०८१

कश्मीर । जम्मू कश्मीरको डोडा जिल्लाको देसा जंगलको धारी गोटे उरारबागीमा आतङ्ककारीहरूले गरेको गोलाबारीमा सेनाका एक क्याप्टेन सहित चार सैनिकको मृत्यु भएको छ। घटनामा एक प्रहरीको पनि मृत्यु भएको छ । 

राष्ट्रिय राइफल्स र जम्मू कश्मीर प्रहरीले सोमबारदेखि त्यहाँ खोज अभियान चलाइरहेका थिए। खोजीका क्रममा आतङ्ककारीहरूले उनीहरूमाथि गोली हानेर भागेका थिए । 
जब सिपाहीहरूले उनीहरूलाई लखेटे पनि घना जङ्गलका कारण आतङ्ककारीहरूले सुरक्षा बललाई झुक्क्याउन सफल भएका थिए। 

सोमबार राति करिब ९ बजे फेरि गोली हानाहान भएको थियो । जसमा पाँच सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो । 

मिडिया रिपोर्टका अनुसार कश्मीर टाइगर्स नामक आतङ्कवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी छ । सेनाले हेलिकप्टरबाट पनि आतङ्ककारीहरूको खोजी गरिरहेको छ ।

जम्मू डिभिजनको डोडामा ३४ दिनमा यो पाँचौँ भिडन्त हो। यसअघि जुन ९ तारिखमा भिडन्त भएको थियो । जुन २६ मा यहाँ एउटा र १२ जुनमा दुई आक्रमण भएको थियो । 
दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप