‘ईश्वर’ले अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउँछ – माओत्से
काठमाडौँ । साउन ११ गतेबाट रिलिज हुने फिल्म हो ईश्वर । निर्माण युनिट यतिबेला मोफसलका विभिन्न स्थानमा फिल्म प्रचारका लागि पुगेको छ ।
यस्तैमा सोमबार पोखरमा पत्रकारभेटघाट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मका अभिनेता माओत्से गुरुङले ‘ईश्वर’ अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना इन्स्पेक्टरको कथा भएको बताए । फिल्मले समाजमा जागरको काम समेत गर्ने उनको धारणा रहेको थियो । फिल्मको विषयवस्तु पछिल्लो समय रिलिज भएका फिल्म भन्दा भिन्न भएकोले दर्शकले मन पराउनेमा आफू आशावादी रहेको उनले बताए ।
फिल्म निर्माता हरिबहादुर थापाले पहिलोपटक लगानी गरेपनि राम्रो फिल्ममा लगानी भएको दाबी गरे । वर्षमा दुईवटा नभए एउटासम्म फिल्म निर्माण गर्ने योजना सहित फिल्म क्षेत्रमा आएको सुनाए । कास्कीको माछापुच्छ्रे गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको फिल्मले अन्तरजातीय प्रेमकथा भन्ने उनले खुलाए ।
फिल्मकी अभिनेत्री कृस्टि गुरुङको लागि नेपाली फिल्ममा यो डेब्यु हो । त्यसो त उनले पहिले नै गुरुङ फिल्म खेलिसकेकी छन् । ‘फिल्ममा कति धेरै दुःख गरियो । संघर्ष गरियो,’ उनले भनिन्, ‘सबैको आ–आफ्नो कथा हुन्छ । सबैजनाले मेरो अभिनयलाई मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु ।’
सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो फिल्म क्षेत्रमा हाम फालेका हुन् । उनी भन्छन्, ‘यो मेरो आगमन हो भन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’
चलचित्र पत्रकार सङ्घ नेपाल कास्की अध्यक्ष प्रभु अधिकारीले पोखरेलीले यति ठुलो रकम फिल्ममा लगानी गरेको भन्दै फिल्म हेरेर साथ दिन सबैमा आग्रह गरे । कार्यक्रमको सञ्चालन सङ्घ सहसचिव शङ्कर तिवारीले गरेका थिए ।
फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङका अलावा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन् । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । रामेश्वर हुमागाईँको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मका निर्देशक राजु गिरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई