रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो ।
बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।
घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा