कीर्तिपुरमा युएसएड यात्रा सम्पन्न
काठमाडौँ । लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा आज काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई साताअघि यात्रा सुरु गरेको थियो ।
यही असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाडौँको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि आज कीर्तिपुरको पांगामा आयोजना गरिएको हो ।
कीर्तिपुरको कार्यक्रममा राजनराज शिवाकोटी, रिमा विश्वकर्मा, माला वाइवा लगायतका कलाकारको प्रस्तुतिका साथै विभिन्न खेल जस्तै ‘स्पिन द ह्विल’, हाजिरीजवाफ लगायत मनोरञ्जनका कार्यक्रम आयोजना गरिएका थिए । खेलमा सहभागिता जनाउने अधिकांश युवाहरु तथा सांगीतिक कार्यक्रममा सबै उमेर समूहका दर्शकहरु सहभागी थिए ।
युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन यात्रा सुरु गरिएको हो । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । यस्तो यात्रा भने पहिलो पटक गरेको हो ।
संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झण्डै आठ दशकदेखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।
युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए ।
सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा रु एक खर्ब ९६ अर्ब नेपालीभन्दा बढीको सहयोग प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस