त्रिशूलीमा हराएका बस र यात्रु खोज्न गृह मन्त्रालयले लेख्यो भारत सरकारलाई पत्र

काठमाडौँ । सरकारले चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र बसमा सवार धेरै जसो यात्रु फेला पार्न नसकेपछि भारतीय सहयोग लिने पहल थालेको छ ।
गत शुक्रबारदेखि नेपालमा उपलब्ध उपकरणहरू तथा जनशक्तिले खोजी तथा उद्धार गर्दा पनि प्रभावकारी हुन नसकेपछि भारतको सहयोग माग गरिएको हो । गृह मन्त्रालयले भारत सरकारलाई सोमबार परराष्ट्र मन्त्रालयमार्फत उपकरण र गोताखोर माग गरी पत्र पठाएको छ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा.भीष्मकुमार भुसालले पत्राचार गरेको पुष्टि गरे । ‘हामीसँग भएका जनशक्ति र उपकरण पर्याप्त नभएपछि भारतको सहयोग लिन खोजिएको हो’ उनले रातोपाटीसित भने ।
यसबारे नेपाल र भारतका विपद् व्यवस्थापन अधिकारीहरू तथा निकायबिच घटना भएको दिनदेखि नै अनौपचारिक कुराकानी भइरहेको तर औपचारिकता सोमबार पुरा गरिएको हो । यसअघि यस प्रकृतिको उद्धारमा बङ्गलादेशबाट गोताखोर मगाइएको थियो । ‘भारतको सहयोग पहिलो पटक खोजिएको हो’ भुसालले भने ।
नेपालले भारतलाई उच्चतम प्रविधिसहितको उद्धार कार्यका लागि सहयोग तथा शवहरू पत्ता लगाउन आवश्यक समन्वयका लागि औपचारिक पत्र पठाएको छ । सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन