१० बजे, १० समाचार
आज २०८१ असार ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन, ओली सरकारका यी सारथि, ओली नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले गर्यो यस्तो निर्णय, मन्त्रीहरूले पदभार ग्रहण गर्दै गरे यस्ता निर्णय, नयाँ सरकारको पहिलो दिनः पेट्रोलियम पदार्थको मूल्य बढ्यो; सेयर बजारमा गिरावट, नवनियुक्त मन्त्रीका सामु यस्ता छन् चुनौती, प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट लगायत छन् ।
१. केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको छ । सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा, जसपाको सहभागिता छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई शपथ गराएपछि ओलीको नेतृत्वमा मन्त्रीपरिषद गठन भएको हो । नवगठित मन्त्रीपरिषदका सदस्यहरूले पनि सोमबार नै शपथ लिएर पदबहाली गरेका छन् ।
२. ओली सरकारका यी सारथि
केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरू केही पहिलो पटक सत्तामा पुगेका छन् भने केही दोहोरिएका छन् । कोही भने पटकपटक सरकारमा सामेल भइसकेका अनुभवी छन् ।
३. ओली नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले ग¥यो यस्तो निर्णय
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठक सोमबार बसेको छ । बैठकले विभिन्न निर्णय गरेको छ ।
४. मन्त्रीहरूले पदभार ग्रहण गर्दै गरे यस्ता निर्णय
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूले सोमबार पदभार ग्रहण गर्दै विभिन्न निर्णय गरेका छन् । उनीहरूले सोमबार शपथ ग्रहण गरेपछि आफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
५. नयाँ सरकारको पहिलो दिन : पेट्रोलियम पदार्थको मूल्य बढ्यो, सेयर बजारमा गिरावट
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएकै दिन बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ भने सेयर बजार ओरालो लागेको छ ।
६. नवनियुक्त मन्त्रीका सामु यस्ता छन् चुनौती
केपी शर्मा ओली नेतृत्वको सरकार सोमबार गठन भएको छ । योसँगै नवनियुक्त मन्त्रीका सामु विभिन्न चुनौती देखिएका छन् ।
७. प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा उपधारा २ अन्तर्गत नियुक्त गरिएको भन्दै रिट निवेदन दायर गरिएको हो ।
८. भण्डारीलाई मन्त्री बनाएपछि विभाजनको सँघारमा लोसपा
लोसपा नेपालभित्र असन्तुष्टि चुलिएको छ । पार्टीले शरतसिंह भण्डारीलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट पक्षले पार्टी विभाजनसम्मको विकल्पबारे छलफल थालेको छ ।
९. १८ महिनासम्म साथ दिनेलाई प्रचण्डले दिए धन्यवाद
निवर्तमान प्रधानमन्त्री प्रचण्डले आफूलाई १८ महिनासम्म साथ दिने सबैलाई धन्यवाद दिएका छन् । सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका हुन् ।
१०. एकाएक देशकै शक्ति केन्द्र बन्यो झापा
कुनै बेला कम्युनिस्ट आन्दोलनको केन्द्र बनेको झापा यतिबेला देशको ‘शक्ति केन्द्र’ बनेको छ । झापा विद्रोह अहिले पनि चर्चित छ । २०२८ सालमा सामन्तको टाउको काट्ने अभियानबाटै जन्मिएका कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि झापा राजनीतिक ‘शक्ति केन्द्र’ बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन
-
जनमतका नेताहरू जसपामा प्रवेश
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !