पहिलो दिन अर्थमन्त्री पौडेलका ८ निर्णय
काठमाडौँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरे लगत्तै केही महत्त्वपूर्ण निर्णय गरेका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले विकास वित्तको कमी पुरा गर्न र पूर्वाधारमा लगानी अभिवृद्धि गर्न नवीन उपकरण तथा विधिहरूको प्रयोग गर्ने सम्बन्धी मार्गचित्र स्वीकृत गरेका हुन् ।
मुलुकको सार्वजनिक खर्च व्यवस्थापन क्रमशः चुनौतीपूर्ण हुँदै गएको छ । राजस्व बचतले बढ्दो विकास आवश्यकता र पूर्वाधार क्षेत्रमा लगानीको कमी पुरा गर्न पर्याप्त छैन । आर्थिक तथा सामाजिक पूर्वाधार निर्माणको लागि आवश्यक विकास वित्तको कमी पुरा गर्न वैकल्पिक वित्तका नवीन उपकरणहरूको प्रयोग गर्नु पर्ने देखिएको छ ।
नेपालजस्तै अर्थतन्त्र भएका अन्य मुलुकहरूले हरित बन्ड, दिगो विकास बन्ड, स्वच्छ ऊर्जा बन्ड तथा पूर्वाधार फन्ड, Debt swaps, म्याचिङ फन्ड र ग्यारेन्टी लगायतका उपकरणको सफल प्रयोग गरेको अनुभव समेतको आधारमा यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउनु पर्ने भएको छ ।
सम्मिश्रित वित्त, हाइब्रिड एन्यूटी जस्ता सार्वजनिक निजी साझेदारीका नवीन विधिको माध्यमबाट निजी पुँजी परिचालन गरी विकास सहायताको लिभरेज दर बढाउन सम्भाव्य आयोजनाको पाइपलाइन विकास गर्नु आवश्यक छ । यसका लागि आवश्यक नीतिगत र प्रक्रियागत प्रबन्ध मिलाउनुको साथै स्पष्ट मार्ग चित्र निर्माण गरी सो अनुरूप कार्ययोजना तर्जुमा गर्ने निर्णय गरिएको छ ।
हाल तर्जुमा प्रक्रियामा रहेको एकीकृत राष्ट्रिय वित्त खाका समेतको आधारमा नेपालमा सम्भाव्य र उपयुक्त देखिएका विधिको उपयोग गरी विकास वित्तको आवश्यकता पुरा गर्न आर्थिक वर्ष २०८१/८२ भित्र देहाय बमोजिमको कार्य सम्पन्न गर्ने गरी मार्ग चित्र स्वीकृत भएको छ ।
स्वीकृत मार्ग चित्र अनुसार देहायका क्रियाकलाप समावेश छन् :
- सम्भाव्य र उपयुक्त वित्त उपकरण तथा उपयोग विधिको निर्धारण गर्ने
- कानुनी र प्रक्रियागत व्यवस्था गर्न नेपाल सरकार म.प. मा प्रस्ताव पेस गर्ने
- सम्भाव्य आयोजना सूची निर्माण तथा सम्भाव्यता निर्धारण
- सम्भाव्यताको आधारमा नवीन विधि र उपकरणको उपयोग गर्ने
- सम्मिश्रण वित्त, हाइब्रिड एन्यूटी जस्ता सार्वजनिक निजी साझेदारीका नवीन विधिको उपयोगको तयारी तथा प्रक्रिया निर्धारण गर्ने
- विकास वित्त परिचालनको अनुमान गरी बजेटमा समावेश गर्ने
- अन्तर निकाय कार्यदल तथा सल्लाहकारी संयन्त्र निर्माण गर्ने
- सम्बद्ध निकायको क्षमता विकास गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा किन तारन्तार आइरहेछ भूकम्प ? अझै कति छ जोखिम ?
-
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न पाइने
-
माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
-
मापदण्ड विपरीतका ९७ वटा पानीका जार नष्ट
-
इजाजत पत्र लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्नु : मन्त्रालय
-
कास्की अदालत अगाडि रास्वपा कार्यकर्ताले ओली र थापाविरुद्ध गरे नाराबाजी