एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनतालाई अनुभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उनले सो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताए ।
विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई ओली निर्देशन दिएका थिए । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङको भनाइ थियो ।
उनले भने ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरूलाई केही महत्त्वपूर्ण निर्देशनहरू दिनुभएको छ । सबै काम कोअर्डिनेट रूपमा अगाडि बढाएर एउटा परिणाममुखी नतिजा निकाल्ने काममा मन्त्रीहरू लाग्नुपर्छ भनेर उहाँले निर्देशन दिनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय फिर्ता लिन ‘आन्दोलन समिति’को आग्रह
-
अस्ट्रेलिया नेपाली कम्युनिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
कडा टक्करबिच त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका जोशी निर्वाचित
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली