पाकिस्तानले इमरान खानको पार्टीमाथि प्रतिबन्ध लगाउने

इस्लामावाद । पाकिस्तान सरकारले पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई)लाई प्रतिबन्ध लगाउने भएको छ । इमरान खान, आरिफ अल्वी र कासिम सुरीविरुद्ध अनुच्छेद छ अनुसार कारबाही गर्न मागसहित सरकारले सर्वोच्च अदालतको ढोका ढकढकाउने निर्णय गरेको छ ।
पाकिस्तान सरकारमा संलग्न दलहरूले पाकिस्तान तहरीक–ए–इन्साफको आरक्षित सिटहरूका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने पाकिस्तानका केन्द्रीय सूचना मन्त्री अता तरारले एउटा पत्रकार सम्मेलनमा भनेका थिए । ‘यसबाहेक मे ९ मा भएको हमला, साइफर काण्ड र अमेरिकासँगको सम्झौता जस्ता प्रमाणहरू पनि छन्, जसको आधारमा पीटीआईमाथि प्रतिबन्ध लगाउन सकिन्छ । त्यसैले सरकारले सबै प्रमाणहरू हेरेर पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले भनेका छन् ।
पीटीआईले तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देशविरुद्ध षड्यन्त्र रचेको आरोप पनि उनले लगाए । ‘पीटीआईलाई विदेशी कोष दिइएको थियो, जसमा भारतीय र इजरायली कोष समावेश थियो,’ केन्द्रीय सूचना मन्त्री अता तरारले भनेका छन् । पीटीआईका नेताहरूले राष्ट्रविरोधी शक्तिहरूलाई बलियो बनाएको आरोप पनि लगाइएको छ । यी घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने र राहदानी जफतलगायत कडा कारबाही गरिने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग