प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर भएर काम गर्ने बताएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन गर्न कार्यदल बनाउने निर्णय भएको पनि बताए ।
उनले कार्यदललाई १० दिनको समय दिइएको बताए । उनले घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘नयाँ सरकार बनेको छ, धेरै चुनौती पनि छन् र अवसरहरू पनि छन् । गम्भीरतापूर्वक हामी अघि बढ्नेछौँ । विधिको शासन कायम हुन्छ, सबै कुरा कानुन बमोजिम हुन्छ । सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन बनाएका छौँ । १० दिनको समय दिएका छौँ- यो घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति के कति कसरी उपलब्ध गराउने कुरामा । घटना पुनरावृत्ति नहुने गरी कस्तो व्यवस्था गर्ने भन्ने कुराको बारेमा कार्यदल बनाउने कुरा भएको छ । प्राकृतिक प्रकोपले भएको जनधनको क्षतिको बारेमा गम्भीर भएर काम गर्नुपरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा