संघीय सरकारमा सुदूरपश्चिमबाट ४ मन्त्री

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने चार जना प्रतिनिधि सभा सदस्य मन्त्रीको जिम्मेवारी पाएका छन् ।
असार १७ गते दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारमा प्रमुख मन्त्रालयको जिम्मेवारीसहित सुदूरपश्चिमका ४ जना मन्त्री बनेका हुन् । तीमध्ये कांग्रेसबाट ३ र एमालेबाट १ जना मन्त्री भएका हुन् ।
कांग्रेस नेता लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नंं ३ बाट निर्वाचित रमेश लेखक गृहमन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र मानिने लेखक पछिल्लो समय कांग्रेस संसदीय दलको मुख्य सचेतकको जिम्मेवारीमा छन् ।
आरजुलाई पहिलो पटक मन्त्रीको जिम्मेवारी
सुदूरपश्चिमको डडेल्धुराबाट समानुपातिक निर्वाचन प्रणाली अनुसार उम्मेवारी दिइ प्रतिनिधि सभा सदस्यमा निर्वाचित आरजु राणा देउवाले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
कांग्रेस सभापति शेर बहादुर देउवाकी पत्नी समेत रहेकी आरजुलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पहिलो पटक मन्त्री बने पाण्डे
कांग्रेसबाटै मन्त्री बनेका बन्द्री पाण्डे पनि सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्दछन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित पाण्डे पार्टीको सहमहामन्त्री पनि हुन् । उनी पार्टीभित्र शेखर–गगन समूहको नेता मानिन्छन् ।
उद्योगमन्त्रीमा दोहोरिए भण्डारी
बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमालेका नेता दामोदर भण्डरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका छन् ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका उनले पुनः सोही मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्री भण्डारी लगातार तेस्रो पटक बैतडीबाट निर्वाचित सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता