शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, ३१ असार २०८१, २० : २८
सोमबार, ३१ असार २०८१

मनाङ ।   २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नासो गाउँपालिका-५ थोचे बस्ने बाग्लुङ निसिखोला गाउँपालिका-५ घर भएका ४० वर्षीय तेजेन्द्र बिक रहेकाे प्रहरीले जनाएको छ । 

बिकले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धारापानी र जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप