महिलाको कमान्डमा परराष्ट्र मन्त्रालय, मन्त्री र सचिव दुवै महिला
_Ijx69WeVQy.jpg)
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवा नेपालको चौथो महिला परराष्ट्रमन्त्री बन्न सफल भएकी छन् । नेपालको पहिलो परराष्ट्रमन्त्री सहाना प्रधान हुन् । त्यसपछि विभिन्न कालखण्डमा क्रमशः सुजाता कोइराला र डा.विमला पौडेलले परराष्ट्र मन्त्रालयको कमान्ड सम्हालेकोमा सोमबार चौथो परराष्ट्रमन्त्रीका रूपमा आरजुको इन्ट्री भएको हो ।
संयोग नै मान्नुपर्छ, परराष्ट्रमा मन्त्रीमात्रै होइन अहिले सचिव पनि महिला नै रहेको अवस्था छ । परराष्ट्र मन्त्रालयको सचिवको भूमिकामा सेवा लम्साल रहेकी हुन् ।
सचिव लम्साल परराष्ट्रमा उपसचिवका रूपमा प्रवेश गरेकी थिइन् । सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरिसकेकी उनले २०२० मा नेपाल फर्केपछि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा पनि काम गरेकी थिइन् । २०८० मा सचिवमा बढुवा भएकी लम्सालले आफ्नो कार्यकालमा महिलामन्त्री मन्त्रालयको नेतृत्वको रूपमा पाएकी हुन् ।
आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । उनलाई विदेश मामिलाका जानकार पनि मानिन्छ । उनी नेपाली कांग्रेसबाट समानुपातिक प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा आएकी हुन् । यसअघि उनी २०७४ मा कैलालीबाट चुनाव लडेपनि एमालेका नारदमुनि रानाबाट पराजित भएकी थिइन् । यस्तै २०७९ को चुनावमा पनि उनी समानुपातिक सांसद भएकी थिइन् । भारतबाट मनोविज्ञान विषयमा विद्यावारिधि गरेकी आरजु २०५३ देखि राजनीतिमा सक्रिय छिन् ।
राजनीतिबाहेक उनी गैरसरकारी संस्थाहरूमा पनि आबद्ध रहँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार