भ्रष्टाचारको छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न सकिँदैनः गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नवगठित सरकारको समावेशिताप्रति प्रश्न उठाएकी छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले नवगठित सरकार समावेशी नभएको भन्दै प्रश्न उठाएकी हुन् । उनले मन्त्रिपरिषद्मा संविधानले सुनिश्चित गरे अनुरूपको महिलाको प्रतिनिधित्व नभएको बताइन् ।
त्यस्तै दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो भनि प्रश्न गरिन् । उनले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारमा मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।
उनले भनिन्, ‘भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा हामीले कसरी गर्ने ? यो बारेपनि सरकारले हामीलाई स्पष्ट पारिदेओस् । हाम्रो गम्भीर चिन्ताको विषय हो ।’
उनले मन्त्रीहरुलाई आफ्नो सम्पती विवरण सार्वजनिक गर्न आग्रह पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति