शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओली सरकारलाई हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौँ : जबरा

सोमबार, ३१ असार २०८१, १८ : ५१
सोमबार, ३१ असार २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद जबराले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराएका हुन् । 

उनले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि केपी ओली नेतृत्वको वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे । उनले सहकारीलगायतका पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिए ।

सांसद जबराले भने,  ‘केपी ओली नेतृत्वको सरकारलाई बधाई छ । सुझावहरू पनि छन् । भ्रष्टाचारका कुराहरू केही आएका छन् । यी भ्रष्टाचारका मुद्दाहरू, भ्रष्टाचारका फाइलहरूलाई खोल्ने मात्र होइन, तीव्र गतिले अगाडि बढाएर दोषीमाथि कारबाही हुनुपर्छ भन्ने मान्यता हामी सबैले राखेका छौँ । र यो नयाँ सरकारले यो काम गर्छ भन्ने हामीले विश्वास लिएका छौँ । दुई वटा ठुला दल मिलेर सरकार बनाएका छन् । देशमा आशा जागेको छ । यो आशा निराशामा परिणत हुन्न भन्ने विश्वास पनि हामीले लिएका छौँ । भ्रष्टाचार र अनियमिततालाई कन्ट्रोल हुन्छ भन्ने विश्वास जनताले लिएको छ । यो विश्वासलाई कायम राख्न लागि म अनुरोध पनि गर्न चाहन्छु । देशमा पीडितहरू सहकारी पीडित, उखु किसान पीडितको माग सम्बोधन होस । हामी सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप