शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

दोस्रोपटक सिंहदरबार पुगेर कृषिमन्त्री अधिकारीले गरे पदभार ग्रहण

सोमबार, ३१ असार २०८१, १६ : ५४
सोमबार, ३१ असार २०८१

काठमाडौँ ।  नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छ्न् । मन्त्री अधिकारीले दोस्रो पटक सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । 

सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण गरेका थिएनन् ।

मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग मन्त्रालयबाहिर केहीबेर कुराकानी गरेका थिए ।  आन्दोलनरत कर्मचारीसँग मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आग्रह गरेपछि उनले पदभार ग्रहण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप