अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
सोमबार, ३१ असार २०८१, १६ : ४९

जुम्ला । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो ।
मेसिन परिचालन गरी आज अपराह्न ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए । वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका थिए । वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा