पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनुकूलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए ।
उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत शर्त तोकिएको बताए । उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए ।
उनले भने, ‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ । ठुलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरूलाई ठिकठाक बनाएर सर्भिसिङ गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउनुपर्ने छ । पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी मुलुकमा नै बस्ने बनाउने गरी सृजनशील र रचनात्मक रूपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्ने गरी कार्यदल गठन गर्ने गरी परिमार्जन गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी