निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको पिपुल फोरम बन्द

काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीबाट पीडित बनेकालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको पिपुल फोरम बन्द भएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले भोलि साउन १ गतेदेखि निःशुल्क रूपमा प्रदान गर्दै आएको कानुनी सहायता प्रदान नगर्ने जनाएको छ ।
नेपाल सरकार र स्विस सरकारको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत पिपुल फोरमले पीडितहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको थियो । सामी/हेल्भेटास र पिपुल फोरमबिचको निःशुल्क कानुनी सहायताको लागि भएको सम्झौता अवधि आजदेखि सकिएको फोरमले जनाएको छ ।
वैदेशिक रोजगार विभाग परिसरमै कार्यालय स्थापना गरेर कानुनी सहायता कक्ष चलाइरहेको केन्द्र भोलीबाट नियमित नहुने फोरमले जनाएको छ । हालसम्म उक्त संस्थाले ३४ हजार ६५१ जना वैदेशिक रोजगार पीडितहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गरिसकेको छ । उक्त सेवाबाट पीडितहरूले विभिन्न निकायहरूबाट १६ करोड ८९ लाख ९३ हजार ९१५ रुपैयाँ बराबरको क्षतिपूर्ति पाउने निर्णय भएको फोरमले जनाएको छ ।
यो संस्थाले सन् २०११ को सेप्टेम्बरदेखि सेवा प्रवाह गर्दै आएको थियो । फोरमले स्थापनाकालदेखि नै निःशुल्क कानुनी सहायता तथा मानवअधिकार सम्बन्धी नीति सुधार र कानुन कार्यान्वयनका लागि वकालत गर्दै आइरहेको थियो । वैदेशिक रोजगार सम्बन्धी नीति तथा कानुन निर्माणको लागि समेत सरकारलाई प्राविधिक सहयोग पनि गर्दै आइरहेको छ ।
वैदेशिक रोजगार ठगीका घटनाहरू बढिरहेका र वैदेशिक रोजगारीमा जाने कामदारहरू आर्थिक रूपमा गरिब तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायसँग सम्बन्धित भएकाले वैदेशिक रोजगार पीडितहरूका लागि निःशुल्क कानुनी सहायता सेवाको आवश्यकता अझ बढेको फोरमले जनाएको छ ।
संस्थाको निःशुल्क कानुनी सहायता प्रतिको प्राथमिकता र वैदेशिक रोजगार पीडितहरूका लागि निःशुल्क कानुनी सहायताको आवश्यकतालाई मध्यनजर गर्दै पिपुल फोरमले वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता सेवा नियमित राख्ने जनाएको छ । निःशुल्क कानुनी सहयोग चाहिएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू