बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
ब्लग

बालेनबाट अरु नेताले के सिक्नुपर्छ ?

सोमबार, ३१ असार २०८१, १६ : ३२
सोमबार, ३१ असार २०८१

नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, तर सोचेजस्तो केही भएन, अधिकांश जनता गरिबीको रेखामुनि जीवन टार्न बाध्य भए । २०४६ सालको परिवर्तन पनि देश विकासको बाटोमा अघि बढ्न सकेन । माओवादी द्वन्द्व, बन्द–हड्ताल, डर त्रासको परिस्थितिले हाम्रो देशलाई झन्डै दुई दशक अशान्त बनायो । 

२०६२/६३ सालको परिवर्तनपछि नेपाली जनता आफ्नो हक–अधिकार र आवश्यकताका लागि बोल्न सक्ने भए पनि नेतृत्वमा भएकाहरूले आफ्नो जिम्मेवारी सही ढंगले प्रस्तुत गरेनन्, देशमा भ्रष्टाचार बढ्यो । दलका चुनावी घोषणापत्र घोषणा मात्रै सीमित रहेका छन् । नीतिगत रूपमा कति भ्रष्टाचार भए भन्ने अख्तियार दुरुपयोग अनुसन्धान विभागमा दर्ता भएका भ्रष्टाचारका मुद्दाले अझ स्पष्ट पारिसकेको छ । 

सङ्घीयतापछि देशमा २०७४ सालमा स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन धेरै आशाका साथ सम्पन्न भयो, नेपालीले घर–घरमा सिंहदरबार आयो भने अनुभूति मात्रै महसुस गर्न पाए । देश सङ्घीयता गएपछि नेताहरूले सकेसम्म आफ्नो सिट सुरक्षित गर्न पाएका छन् । 

सङ्घीयता पछिको दोस्रो स्थानीय तहको निर्वाचन (२०७९)मा काठमाडौँ महानगरपालिका विशेष चर्चामा रह्यो, किनभने भर्खर ३० लागेका ¥यापर बालेन (बालेन्द्र) शाह स्वन्तन्त्र उम्मेदवार थिए । जोसिला युवा, जो इन्जिनियर तथा ¥यापर पनि हुन्, उनी स्वन्तत्र उम्मेदवारका रुपमा आएपछि सामाजिक सञ्जालमा विशेष चर्चा हुन थाल्यो । उनीबाट खासगरी युवाहरूले खास अपेक्षा गरेका थिए ।   
 
उनी निर्वाचित भएसँगै महानगरको बैठकलाई पारदर्शी बनाउन प्रत्यक्ष प्रसारण (लाइभ) गर्न थाले । उनीप्रतिको विश्वास अझ मजबुत बन्दै गयो । बालेनमा भएको बौद्धिकताले विकासको लय लिन थाल्यो । महानगरलाई धार्मिक, सांस्कृतिक र पुरातात्त्विक पहिचान भएको सहर बनाउने गरी उनी अघि बढ्न थाले । यस्तै, उनले महानगरको प्रमुख समस्या फोहोर र पार्किङको व्यवस्थापन गरे । 

बालेन मेयर भएसँगै महानगरको सुन्दरताका लागि मापदण्डबाहिरका संरचना भत्काउन थालियो । मठ–मन्दिर, खोलानाला, पार्क जस्ता सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न उनी लागिपरे । यस्तै, कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाई छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिकाभित्रका सबै विद्यालयलाई उनले आग्रह गरे । 

बालेनका अवरोध 
मेयर शाह धेरै चर्चित र सक्षम जनप्रतिनिधिका रूपमा प्रस्तुत भए पनि असफल गराउने चेष्टा धेरै भए । हुन त, पाइरहेका सेवा–सुविधा र सहुलियतबाट कोही पनि वञ्चित हुन चाहँदैन र बालेनलाई पनि यही मुख्य चुनौती भएका छन् । जस्तो कि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले उपभोग गर्दै आइरहेका सेवा–सुविधा बालेनले पारदर्शी बनाइदिएका छन् । 

कामप्रति लगनशील हुनु र निजी स्वार्थलाई त्यागेर काम गरेकै कारण उनी देश–विदेशमा चर्चित भएका हुन् । बालेनबाट अरु नेताले केही सिक्नुपर्ने स्थिति सिर्जना भएको छ ।


अदालतबाट पनि ‘स्टे अर्डर’ ल्याएर बालेनको कामलाई चुनौती दिइएका छन्, यस्ता धेरै ‘स्टे अर्डर’ले महानगरलाई निष्पक्ष रूपमा अगाडि बढ्न दिइरहेका छैनन् । तर बालेन महानगरको हकहितको सवालमा पछि हटेका छैनन् । 

बालेन शाह एक साहसी मेयरका रूपमा स्थापित हँुदै गएका छन् । जहाँ समस्या त्यहाँ उपाय भने मूल पथमा अघि बढ्दै उनले कुनै पनि स्वार्थ, लोभ, लालच र मोहलाई त्यागेर काम गरिरहेको देखिन्छ । 

शिक्षामा छात्रवृत्ति अनिवार्य गर्नु, स्वास्थ्यमा पाउनुपर्ने सुविधा विपन्न वर्गलाई दिलाउनु, सरकारी मापदण्डविपरीत भएका घर तथा भवन भत्काउनु, पैदल यात्रीका लागि भएको बाटोमा पैदलयात्री मात्रै हिँड्ने बनाउनु, महानगरभित्र भइरहेको अनियमितता र कालोबजारीलाई कडाइका साथ अनुगमन गर्नु लगायत  काम बालेनले गर्दै आएका छन् । 

जनताको साथ
बालेनलाई महानगरवासीले भित्री हृदयदेखि नै साथ दिएका छन् । सामाजिक सञ्जालमा त बालेनको स्टाटसले हजारौँ सकारात्मक कमेन्ट पाएका हुन्छन् । बालेनलाई नेपाली जनताले नै धेरै मन पराएका छन् । यति मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि बालेनको चर्चा त्यति नै चलेको छ, बिदेसिएका नेपाली पनि बालेनप्रति धेरै नै प्रभाभित भएका छन् । वास्तवमा उनी देशमा उदाहरणीय मेयर बनेका छन् । 

२०८४ सालको निर्वाचनमा बालेनलाई पनि नेपाली जनताले मेयरकै रूपमा हेर्न चाहन्छन् । हुन त उम्मेदवारी दिने नदिने बालेनको व्यक्तिगत कुरा हो । कतिपयले उनलाई कार्यकारी प्रधानमन्त्रीकै रूपमा हेर्न चाहेको विचार पनि सामाजिक सञ्जालमा देख्न पाइन्छ । आखिर अरु नेता किन बालेन जति चर्चित हुन् सकेनन् ? अरु नेतालाई नेपाली जनताले किन मन पराएनन् ? नेपाली जनताको सहयात्री किन बन्न सकेनन् ? त्यसको प्रमुख कारण देश र जनताको हकहितका लागि काम नगर्नु हो । 

दीर्घकालीन रूपमा सोचेर काम गर्ने शैली, निस्वार्थ भावना, नीति–नियमको परिपालन, निडर स्वभाव र बजेटको सही सदुपयोग आदि कारण अधिकांशले बालेनलाई मन पराएको देखिन्छ । कामप्रति लगनशील हुनु र निजी स्वार्थलाई त्यागेर काम गरेकै कारण उनी देश–विदेशमा चर्चित भएका हुन् । बालेनबाट अरु नेताले केही सिक्नुपर्ने स्थिति सिर्जना भएको छ । 

(शाह राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौँमा सहायक व्यवस्थापक छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजितप्रसाद शाह
सुजितप्रसाद शाह
लेखकबाट थप