आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छ: मन्त्री अधिकारी

सोमबार, ३१ असार २०८१, १६ : २९
सोमबार, ३१ असार २०८१

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताएका छन् । 

सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका उनले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । उनले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए ।  पदभार ग्रहण गर्न पुगे पनि उनी कर्मचारीको आन्दोलनका कारण त्यसै फर्किएका थिए । 

उनले भने, ‘अहिले क्याबिनेट बस्दै छ । तपाईंहरुका समस्याहरू मैले सुनेँ । तर यसलाई राम्रो ढङ्गबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’

उनले समस्या समाधानका लागि आफू तयार रहेको पनि बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप