त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मधेसका मुख्यमन्त्रीको घोषणा

जनकपुर । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।
‘दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौ’, मुख्यमन्त्री सिंहले रातोपाटीसँग भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने जनाए । साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।
असार २८ गते काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेका थिए । दुई बसमा गरी बेपत्ता भएकामध्ये १२ जनाको शव फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर