सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
भौतिकमा दाहालको पदभार ग्रहण

प्रधानमन्त्री ओलीका छिमेकी कसरी बने मन्त्री ?

सोमबार, ३१ असार २०८१, १५ : १९
सोमबार, ३१ असार २०८१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका छिमेकीसमेत रहेका देवेन्द्र दाहाल भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । दाहाल राष्ट्रिय सभा सदस्य हुनका साथै कम्युनिस्ट राजनीतिको लामो अनुभव भएका नेता हुन् ।

झापा, दकम घर भएका दाहालले यसअघि लामो समय ओलीको सचिवालयमा बसेर काम गरेका थिए । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा दाहाल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिए ।

२०१५ साल भदौ १६ गते ताप्लेजुङमा जन्मिएका दाहालको दमक–५ मा स्थायी बसोबास छ । हाल नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं पार्टीको स्थानीय विकास विभागको प्रमुख समेत रहेका उनी २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित थिए ।

२०४५ सालदेखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध  भएका उनी २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालय सदस्य बने । २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका दाहालले २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका थिए ।

करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेका उनले झापामा २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा पार्टी कमाण्ड सम्हालेका थिए ।

राजनीतिक परिवर्तनका लागि उनी २०५१ सालदेखि शिक्षकको जागिरबाट राजीनामा गरेर राजनीतिमा पूर्णकालीन भएका हुन् । दाहालले विज्ञान शिक्षकका रूपमा १३ वर्ष काम गरेका छन् । उनले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२÷०६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

२०४२ सालमा शिक्षक आन्दोलनका क्रममा उनलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा बसेका थिए ।

२०७३ सालमा नेकपा एमाले प्रदेश कमिटीको सदस्य, नेकपाको केन्द्रीय सदस्य भएका उनी २०७८ मंसिरमा चितवनमा भएको नेकपा एमालेका दशौँ महाधिवेशनबाट पार्टीको पोलिटव्यूरो सदस्य निर्वाचित भएका थिए ।

२०७६ मा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित दाहालले राष्ट्रिय सभा सदस्यबाट दलको प्रमुख सचेतक हुँदै दलको नेताको भूमिका पनि निर्वाह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप