तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने स्वास्थ्यमन्त्रीको घोषणा
_Ffh3MkZOtK.jpg)
काठमाडौँ । नवनियुक्त स्वाथ्यमन्त्री प्रदीप पौडेलले तत्कालीन र दीर्घकालीन कार्यक्रमको तर्जुमा गरेर स्वास्थ्य क्षेत्रको सुधार गर्न लागि पर्ने बताएका छन् । सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पद बहालीपछि प्रतिक्रिया दिँदै उनले एक साताभित्र तत्कालीन कार्यक्रम ल्याउने र दीर्घकालीन कार्यक्रमका लागि आवश्यक वातावरण बनाउने बताए ।
‘यहाँ काम गरिसक्नुभएका र राय सुझाव दिन सक्ने विज्ञहरूसँग परामर्श गरेर दुई किसिमका कार्यक्रम ल्याउनेछौ’, उनले भने, ‘तत्कालीन
कार्यक्रम तत्कालै कार्यान्वयन सुरु गर्नेछौ र दीर्घकालीन कामका लागि अघि बढ्नेछौ ।’
उनले एक हप्ता भित्र तत्काल गर्ने कामहरू सार्वजनिक गर्ने बताए । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुराभन्दा बढी काम गर्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको सुझावका आधारमा स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न लागि पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु