बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्ड भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, केही अनुभवी खेलाडीलाई आराम

सोमबार, ३१ असार २०८१, १३ : ५२
सोमबार, ३१ असार २०८१

काठमाडौँ । आगामी सेप्टेम्बरमा खेलिने स्कटल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी–२० शृंखलाका लागि अस्ट्रेलियन टोलीको घोषणा गरिएको छ । क्रिकेट अस्ट्रेलियाले उक्त शृंखलाका लागि घोषणा गरेको टोलीमा ठुलो फेर बदल गरेको छ ।

प्रभावशाली खेलाडी डेभिड वार्नरको सन्न्यासपछि अस्ट्रेलियन टी–२० टोलीमा पहिलो पटक युवा ब्याट्सम्यान ज्याक फ्रेजर म्याकगर्गले टोलीमा स्थान पाएका छन् । उनले हालै सम्पन्न टी–२० विश्वकपमा अतिरिक्त खेलाडीका रुपमा टोलीमा समावेश गरिएको थियो ।

निकट भविष्यमा हुने पाँच खेलको बोर्डर–गावस्कर टेस्ट शृंखलालाई ध्यानमा राखी टेस्ट टोलीका कप्तान प्याट कमिन्सलाई भने टी–२० शृंखलामा आराम दिइएको छ । मिचेल मार्सलाई टी–२० टोलीको कप्तानको जिम्मेबारी दिइएको छ ।

उनी एकदिवसीय टोलीको पनि कप्तान हुन् । अनुभवी खेलाडी म्याथ्यु वेडलाई भने टी–२० शृंखलाका लागि टोलीमा स्थान दिइएको छैन । यसका अतिरिक्त एलेक्स केरी, ग्लेन म्याक्सवेल, म्याथ्यु शार्ट र मिचेल स्टार्कलाई पनि टी–२० शृंखलाका लागि टोलीमा समावेश गरिएको छैन ।

इङ्ल्यान्ड भ्रमणका क्रममा अस्ट्रेलियाले स्कटल्यान्डसँग तीन खेलको टी–२० शृंखला खेल्नेछ । त्यसपछि इङ्ल्यान्डविरुद्धको तीनवटा टी–२० खेलको शृंखलामा सहभागिता जनाउने छ । टी–२० शृंखला सकिएलगत्तै अस्ट्रेलिया र इङ्ल्यान्डबिच पाँचवटा एकदिवसीय खेलको शृंखला खेलिने छ ।

इङ्ल्यान्ड भ्रमणका क्रममा खेलिने टी–२० शृंखलाका लागि घोषित अस्ट्रेलियन टोलीमा मिचेल मार्श (कप्तान), जेभियन वार्टलेट, कुपर कोनोली, टिम डेभिड, नाथन एलिस, ज्याक फ्रेजर म्याकगर्क, क्यामरुन ग्रिन, एरोन हार्डी, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, स्पेन्सर जोनसन, मार्कुस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

यसैगरी एकदिवसीय टोलीमा मिचेल मार्श (कप्तान), सिन एबट, एलेक्स केरी, नाथन एलिस, ज्याक फ्रेजर म्याकगर्क, क्यानरुन ग्रिन, एरोन हार्डी, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, मार्नस लाम्बुशेन, ग्लेन म्याक्सवेल, म्याथ्यु शार्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क र एडम जाम्पा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप