पहिलो पटक सांसद बनेर रक्षामन्त्री बनेका मानवीर
विराटनगर । पहिलो पटक मन्त्री बनेका मानवीर राई सोलुखुम्बुबाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य हुन् । २०७९ सालको निर्वाचनमा कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी)लगायतका दलको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता बलबहादुर केसीलाई उनै राईले पराजित गरेका थिए ।
सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ निवासी उनले एसएलसीसम्म अध्ययन गरेका छन् । विद्यार्थीकालमा भूमिगत भएर राजनीति गरेका उनले संसदीय निर्वाचनको इतिहासमा ३२ वर्षपछि एमालेको उम्मेदवारको रूपमा कांग्रेसलाई पराजित गर्न सफल भएका थिए ।
पार्टी विभाजनको बेला पनि पार्टीको संस्थापन पक्षमै रहेर काम गरिरहेका उनी ५२ वर्षको उमेरमा रक्षामन्त्री बन्न सफल भएका छन् । २०२८ सालमा जन्मेका उनी हाल एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज पनि हुन् ।
भूमिगतकालमा एमालेको विद्यार्थी संगठनमा सक्रिय भएका उनी २०४८ सालमा एमालेको सोलुखुम्बु उपसचिव बनेका थिए । २०७२ सालमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बनेका राईलाई २०७४ सालमा एमालेले प्रतिनिधिसभाको टिकटको लागि सर्वसम्मत सिफारिस गरेको थियो ।
यद्यपि त्यसबेला बामगठन्धनबाट माओवादीको भागमा प्रतिनिधिसभाको टिकट सुरवीर राईले पाए । प्रतिनिधिसभामा माओवादीबाट उम्मेदवार बन्दा २०७४ सालमै एमालेले उनलाई प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा टिकट दिएको थियो । तर, उनले उक्त टिकट अस्वीकार गरेर उत्तम बस्नेतलाई विजयी गराए ।
पुनः एमालेले २०७९ सालमा प्रतिनिधिसभामा टिकट दिएको थियो । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा राईले ३२ वर्षको संसदीय इतिहासमा विजयी भएर एमालेको झन्डा फहराए । यस्तै उनको पनि संसदमा पहिलो पटक इन्ट्री भयो ।
लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई उनले दुई हजार ७७९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । राईले १९ हजार ३२४ मत प्राप्त गर्दा केसीले १६ हजार ५४५ मत मात्रै पाएका थिए । राई २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जिल्ला विकास समितिको सदस्य समेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई