के हो फलफूल खाने सही तरिका ?

काठमाडौँ । स्वस्थ रहन फलफूलको सेवन जरुरी छ । बजारमा अनेकौँ प्रकारका फलफूल पाइन्छ । ती सबैमा प्रशस्त पोषक तत्त्वहरू छन् । खनिज र भिटामिनले भरिपूर्ण यी फलहरूले हामीलाई धेरै रोगहरूबाट बचाउन सक्छ । फाइबर हुने भएकाले यसले पाचन क्रियालाई स्वस्थ राख्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । क्याल्सियम र भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
प्रायः सबै मानिस फलफूल खान्छन् । पैसाको अभाव वा उपलब्धता नभएर केही खान पाउँदैनन् वा निकै कम खान्छन् । केही मानिसले खानासँगै फलफूल खान्छन् । कोही बिहान उठेपछि वा राती सुत्नुअघि फलफूल खान्छन् । फलफूलबाट पूर्ण स्वास्थ्य लाभ प्राप्त होस् भन्ने हामी चाहन्छौँ । तर यसका लागि फलफूल कहिले र कसरी खाने ? यो कुरा जान्न जरुरी छ ।
ताजा फलफूललाई हलुका र पचाउन सजिलो मानिन्छ । अन्य खानेकुराको तुलनामा फलफूल हल्का हुन्छ । तर ‘हेभी’ खानाको साथमा वा पछि खाँदा ती खाना नपच्दा सम्म फलफूल पनि पेटमै रहन्छ । जसले गर्दा धेरै लामो समयसम्म यो पेटमा रहन्छ । पेटमा अम्लीय अपशिष्ट बढ्छ अनि यसले हाम्रो पाचन प्रणालीलाई प्रभावित गर्न सक्छ । फलतः अपच, पेट फुल्ने, फूड ‘सेन्सिटीभीटी’ जस्ता समस्या निम्तिन सक्छ ।
त्यसो भएर कसरी खाने फलफूल ?
फलफूल छुट्टै खानुपर्छ । खानासँगै वा खाना खाए लगत्तै फलफूल खानु हुँदैन । आयुर्वेदका अनुसार खाना खानु भन्दा एक घण्टा अगाडि वा खाएको दुई घण्टापछि फलफूल खान सकिन्छ । खानासँगै वा लगत्तै कहिले फलफूल खानु हुन्न । कतिपयले दूध र दहीसँग फलफूल खाने गर्छन् । यस्तो गर्नु हुन्न । दही दूधसँग फलफूल खाने नै भएपनि गाई वस्तु नभएर वनस्पति आधारित दूध वा दहीसँग खानुस् । फलफूल सकेसम्म चपाएर खानुस् । पाचनमा समस्या छ, चपाउन सकिन्न भने मात्रै जुस बनाएर खानुस् । अबेर राति वा सूर्यास्त पछि फलफूल नखान आयुर्वेदमा सुझाव दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार