बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

मङ्सिरमा पुग्यो विपिनको तेल भिसा

सोमबार, ३१ असार २०८१, १३ : २०
सोमबार, ३१ असार २०८१

काठमाडौँ । शङ्कर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि २९ भदौ रिलिज हुने भनिएको फिल्म सरेर मङ्सिर ७ गते पुगेको हो । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति ७ मङ्सिर जनाएको हो ।

पोस्टरमा विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनको जवान र वृद्ध गरी दुई फरक लुक्स देख्न सकिन्छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामा पनि अटाएका छन् । 

फिल्मले पहिलो चरणको छायाङ्कन अमेरिकामा सकाएको थियो । अहिले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको छ । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्म अनिश पाण्डे र शिवराज कार्कीको लगानी बन्न लागेको हो । प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन रहेको छ । 

रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको सङ्गीत रहेको फिल्ममा अजय खड्काको सम्पादन रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप