पैसा सापटी मागेको विषयलाई लिएर हत्या
सोमबार, ३१ असार २०८१, १३ : १२

सिन्धुली । घ्याङलेख गाउँपालिका-२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेका छन् ।
टिका बहादुरसँग सापटी पैसा मागेको विषयलाई लिएर उनीहरूले सोही ठाउँस्थित मिलनचोकमा काठको चिर्पटले प्रहार गर्दा टिका बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । टिका बहादुरको बस्तिपुर स्वास्थ्य चौकी हायुटार हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
-
पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल
-
चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्री सुरु
-
कैलालीमा एक महिला मृत फेला